कास्कूनमा स्वागत छ

संक्षिप्त परिचय

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) काठमाडौं जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्ला विषयत संघ हो । २०५९ श्रावण १० गते ८ वटा तत्कालिन नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबार गर्न मान्यता प्राप्त ८ वटा सहकारी संस्थाका १२ जना अभियन्ताहरुबाट रवि शम्शेर ज.ब.रा अध्यक्ष रहने गरी संघ दर्ता गर्न तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिको अग्रसरतामा तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५९ असोज २४ गते संघ दर्ता भएको हो । संघले स्थापना कालदेखि नै अभियानको अभिभावकिय भूमिका निर्वाह गर्दै सदस्य संस्थाहरुको क्षमता विकास, बहस पैरवी, तालिम शिक्षा, वित्तिय समाधान र स्तरीकरणका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।  

सूचना

Interest Rate Change

Interest Rate Change 2082-10-26Interest Rate Change 2082-07-02KASCCUN Interest rate 2082-04-14KASCCUN Interest Rate Change 2081-09-18 

कास्कूनबाट दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण

काठमाडौं, २६ वैशाख । कास्कूनले आ.व. २०८२/०८३ को कार्यक्रम अनुसार दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण सम्पन्न भएको छ । दोलखा जिल्ला बचत संघको सभा हलमा दुबै संघहरु बिच भेटघाट कार्यक्रममा सहकार्य र सम्बन्धमा थप प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिबद्धताका साथ कार्यक्रम...

वार्षिक योजना तथा बजेट निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ ।

वैशाख ११, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८३ वैशाख १० र ११ गते दुई दिवशीय वार्षिक योजना तथा बजेट निर्माण तालिम तालिम कलंकी, काठमाडौंमा संचालित तालिममा २२ वटा साकोसबाट १५ जना पुरुष १० जना महिला गरी जम्मा २५ जनाको सहभागिता...

सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

फागुन १, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८२ फागुन १ गते एक दिवसिय सम्पत्ति शुद्धीकरण निवारण तथा गोएमएल सम्बन्धी तालिम कलंकी, काठमाडौंमा संचालित तालिममा ४१ वटा साकोसहरुबाट २४ जना पुरुष...

अध्यक्षबाट सन्देश

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले जिल्लामा अभियानको अभिभावकिय भूमिका निर्वाह गर्दै सदस्य संस्थाहरुको क्षमता विकास, बहस पैरवी, तालिम शिक्षा, वित्तिय समाधान र स्तरीकरणका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

सहकारी संस्थाहरुको दर्ता र संचालनको हिसाबले काठमाडौं सबै भन्दा बढी सहकारी घनत्व भएको जिल्ला हो । अधिकांश संस्थाहरुको मुख्य कार्यालय हुनुका साथैै मोफसलका धेरै संस्थाहरुको सेवा कार्यालय यहाँ रहेका छन । संघमा आवद्ध ८९५ बचत तथा ऋण सहकारी संस्थाहरुमा १० वटा भन्दा बढी अर्व बढी व्यवसायिक कारोबार गर्दछन । केन्द्रीय संघबाट संचालित एक्सेस, प्रोबेसन र जोखिममा आधारीत साकोस सुपरिवेक्षण कार्यक्रम (कर्वस) मार्फत संस्थालाई सुशासनका नविन अवधारणामा आधारीत भई संचालन गर्ने संस्थाहरु १५० भन्दा बढी छन ।

यतिबेला सहकारी अभियान कोभिड १९ को प्रभाव, रुस–युक्रेन युद्धबाट सिर्जित अवस्थाको प्रभाव स्वरुप त्रसित रहेको छ । सहकारी ऐन २०७४, नियमावली २०७५, बागमती प्रदेश सहकारी ऐन र नियमावली २०७६ र मापदण्ड २०७७ को कार्यान्वयन फितलो हुन गई केही सहकारी संस्थाहरु गैर वित्तीय कारोबारमा संलग्न हुँदा आज सिङ्गो सहकारी क्षेत्रमाथि विश्वासको संकट पैदा भएको छ । तथापी सहकारी संस्थाहरुले आम जनमानसमा सहकार्य, वित्तीय शिक्षा, बचत गर्ने बानिको विकास, व्यवसायिक सक्षमताका लागि ऋण सापटी प्रदान गरि आर्थिक जिवन स्तर वृद्धि गर्ने सवालमा सहकारी क्षेत्रको योगदान अतुलनीय रहेको कुरा हामिले विर्सनु हुन्न ।

“गुणस्तरीय सेवा सहितको उत्कृष्ट संघ” परिकल्पना साकार पार्न ‘एकका लागि सबै र सबैका लागि एक’ को मर्म अनुरुप सदस्य संस्थाहरुको सक्षमता विकासका लागि संघले विकास गर्ने वस्तु तथा सेवाहरु, तय गर्ने नीति तथा कार्यक्रम, बहस पैरवी, तालिम तथा शिक्षामा सदस्य संस्थाहरुको सहभागिताले संघको सेवा प्रवाहमा विशिष्टीकरणको आवश्यतालाई उच्च प्राथमिकता दिएको पाउन सकिन्छ । संघको यहाँ सम्मको यात्राका सार्थक बनाउन सबै सदस्य संस्थाहरुको साथ, सहकार्य, सहभागिता र पहलकदमी अपरिहार्य रहने हुँदा रचनात्मक सुझावको लागि पनि हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, काठमाडौंको सहकारी आन्दोलनलाई घनिभुत बनाउन सक्रिय साथ दिने सदस्य संस्थाहरु, जिल्लाका ११ वटै स्थानिय सरकारहरु, जिल्ला सहकारी संघ लि.काठमाडौं, प्रदेश संघहरु, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघको मार्गदर्शन संघका अमुल्य सम्पत्ति हुने छन ।

व्यवस्थापनको प्रतिबद्धता

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को व्यवस्थापनमा उपस्थितीको हिसाबले ६ वर्षे अनुभव प्राप्त भएको छ । संघले व्यवसायिकताको अभ्यास सुरु गरेदेखि नै जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघमा आवद्ध गराई वित्तीय तथा गैह्र वित्तीय सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

संघले हाल ५ वर्षे रणनीतिक योजना निर्माण गरी चालु आर्थिक वर्षबाट कार्यान्वयन भईरहेको छ । व्यवस्थापन प्रमुखको हैसियतमा म संघले सदस्य संस्थाहरुका लागि वित्तीय तथा गैर वित्तीय सेवा मार्फत संस्थागत सक्षमता प्रदान गर्ने कुरामा विश्वस्त गराउन चाहन्छु । हामीलाई विश्वास छ संघले उपलब्ध गराउने बचत र ऋणका सेवा तथा उत्पादनहरु, विषयगत तालिम तथा शिक्षा, योजना निर्माण तथा नीति कार्यविधि निर्माणको प्राविधिक सहयोगले संस्थाको सक्षमता विकासको जगमा इटा थप्ने छ ।

कास्कून व्यवस्थापन निम्न विषयहरु प्रति प्रतिवद्ध रहेको छ
•  समानता (Equality):
    सदस्य संस्थाहरुलाई भेदभावरहित ढंगबाट सेवा प्रदान गरिनेछ ।
• इमान्दारीता (Honesty):
   सदस्य संस्थाहरुको बचतमा उचित व्याज प्रदान गरी त्यसको सहि सदुपयोग र सुरक्षा प्रदान गरिनेछ ।
• जवाफदेहिता (Accountability):
   संघमा भएका सम्पूर्ण गतिबिधिहरु र कारोवार सम्वन्धि संचालक समिति, सदस्यहरु तथा नियमनकारी निकायप्रति   जवाफदेहि   हुनेछन् ।

सिर्जनशीलता (Creativity) :
   नयाँ नयाँ प्रबिधिहरु, उत्पादनहरुको सिर्जना तथा प्रयोग गरी सदस्य संस्थाहरुलाई छिटो छरितो सरल र सुलभ ढंगबाट सेवा प्रदान गरिनेछ । 
•  पारदर्शिता (Transparency) ः
   संघको वित्तीय स्थितिबारे सदस्यहरु र नियमकारी निकायहरुमा जस्ताको तस्तै जानकारी गराईनेछ ।
•   सहभागीतामूलक (Participatory) :
   संघले गरेका विभिन्न उत्पादन तथा सेवाहरुमा सदस्यहरुलाई सहभागी गराउनुका साथै संघको महत्वपुर्ण निर्णयहरु वार्षिक साधारणसभावाट सम्पूर्ण सदस्यहरुको सहभागीतामा गरिनेछ ।
•   व्यवसायीकता (Professionalism) ः–
    संघलाई पूर्ण रुपमा विधिसंवत रुपमा संचालन गरी गुणस्तरीय सेवा प्रदान गरिनेछ । 
•   गोपनीयता (Privacy)
     संघमा भएका संस्थाहरुको कारोबारको विवरण पूर्ण रुपमा गोपनीयता कायम गरिनेछ ।
तपाईहरुलाई कास्कून परिवारको एक महत्वपूर्ण सदस्यको पाउँदा अत्यन्तै खुसी लागेको छ । जिल्लाको साकोस अभियानको विकासका लागि यहाँहरुको योगदान, लगनशिलता र सक्रियता प्रति हार्दिक आभार व्यक्त गर्दछु । संघका सम्पूर्ण सदस्य संस्थाहरु, सरोकारवाला तथा नियामक निकायहरु, मार्गदर्शक संघहरु र तहगत सरकारहरुको मार्गदर्शनबाट हामी आगामी दिनहरुमा अझ सक्षम, सवल हुँदै गुणस्तरीय सेवा प्रदायक उत्कृष्ट संघ हुन सक्ने छौ भन्ने विश्वास व्यक्त गर्दछु ।
भवदीय,
अरुण कुमार तिवारी 
व्यवस्थापक

 

ब्लग/समाचार

कास्कूनबाट दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण

कास्कूनबाट दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण

काठमाडौं, २६ वैशाख । कास्कूनले आ.व. २०८२/०८३ को कार्यक्रम अनुसार दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण सम्पन्न भएको छ । दोलखा जिल्ला बचत संघको सभा हलमा...

read more
वार्षिक योजना तथा बजेट निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ ।

वार्षिक योजना तथा बजेट निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ ।

वैशाख ११, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८३ वैशाख १० र ११ गते दुई दिवशीय वार्षिक योजना तथा बजेट निर्माण...

read more
सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

फागुन १, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८२ फागुन १ गते एक दिवसिय...

read more

Established Year

Total Members

Total Employees

Work Place